तुलसीपुर चेम्बरले गर्यो पाँच निर्णय

भदौ २७, २०७५

तुलसीपुर २७ भदौ
तुलसीपुर चेम्बर अफ कमर्सको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतमा बसेको बैठकले विधान मस्यौदा समिति गठन गरि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरेको छ । त्यसैगरीे कार्यालय व्यवस्थापन, आर्थिक स्रोत संकलन, सदस्यता वितरणका विषयमा पनि छलफल गरी निर्णय गरेको तुलसीपुर चेम्बर अफ कमर्सका प्रेस सल्लाहाकार ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
बैठकले भदौ २३ गते तुलसीपुरमा सम्पन्न च्याम्बरको पहिलो भेलाई सफल बनाउन सहयोग पु¥याउने सांसद, पूर्व सभासद, राजनीतिक दल, विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी, पत्रकार, कानुन व्यवसायी लगाएत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष वेनु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा कोषाध्यक्ष सन्तोष खड्का, सहकोषाध्यक्ष लोकेन्द्र खडका् सदस्यहरु तेजविक्रम घर्ती, ऋषी भण्डारी, दुर्गाप्रसाद शर्मा, निर्मल पौडेल लगाएतले आ–आफना भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण चेम्बरका महासचिव प्रेमप्रकाश गिरीले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस