नेपालको समृद्धीमा सहकारीको भुमिका अहंम: सांसद केसी

भदौ २५, २०७५

तुलसीपुर, २५ भदौ ।

सहकारीहरु देश विकाशका खम्वा भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनिहरुले दिगो विकाश र समृद्ध नेपालको लागि सहकारीहरुको पनि अहम भुमिका हुने बताएका छन् । राप्ती विश्वासी बचत तथा सहकारी संस्था तुलसीपुरको आयोजना नेफस्कूनको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

सहकारीहरु खोल्नुमात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई व्यवस्थापन गर्नु ठुलो कुरा भएको बताएका थिए । राप्ती विश्वासी बचत तथा सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर खड्काको अध्यक्षता तथा संघिय सासंद हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै सांसद केसीले नेपालको समृद्धीमा सहकारीहरुको अहम भुमिका रहेको भन्दै सहकारीहरुले आफनो व्यवस्थापनलाई चुस्त दुस्त राख्नुपर्ने बताएका थिए ।

उनले सहकारीहरुले शेयर सदस्यहरुबाट बचत जम्मा गर्ने मात्र नभई शेयर सदस्यहरुलाई उद्यमी बनाउन तर्फ लाग्नुपर्ने बताए । बचत गर्ने बानीले भविष्यमा सहज हुने उनले बताएका थिए । त्यसैगरी कार्यक्रममा नेफस्कुनका सञ्चालक यज्ञप्रसाद ढकालले नेपालमा ३४ हजार बढी सहकारीहरु रहेको भन्दै जसमा १५ हजार बढी बचत सहकारी संस्थाहरु सञ्चालन भएको भन्दै अव स्थानीय निकायहरुले सहकारीहरुको सही व्यवस्थापनमा लाग्नुपर्ने बताए ।

उनले केही सहकारी उनले सहकारीहरुमा पैशाको जोखीम त्यतिकै भएको भन्दै कर्मचारी र व्यवस्थापन पक्ष गम्भीर भयर लाग्नुपर्ने बताए । ढकालले सहकारीहरु नगतको कारोवार र अधारोको व्यापार गर्ने भएको भन्दै सजक हुनुपर्ने बताए । कार्यक्रममा त्रिवेणी गाँउपालिका सल्यानका अध्यक्ष एव रफिकोलका सल्लाहकार मानबहादुर डाँगीले बदलिदो प्रस्थीतिमा सहकारीहरु पनि परिमार्जन हुनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सहकारी अधिकृत अम्मरबहादुर वली, जिल्ला बचत तथा ऋणसहकारीका अध्यक्ष अन्जनकुमार पौडेललगायतले बोलेका थिए । रफिकोलका कोषाध्यक्ष भुपबहादुर वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव इन्द्रबहादुर बुढाथोकीले गरेका थिए ।

प्रोवेसन भेरी कर्णाली क्लष्टर अन्र्तगत विभिन्न जिल्लाका सहकारीका सदस्यहरुले आफुहरुले हाल सम्म सञ्चालन गरेका गतिविधिहरु र सिकाईहरुको आदान प्रदान गर्ने राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक कुमार वसन्त आचार्यले बताए । त्यसैविच विभिन्न क्षेत्रबाट आएका आएका सहकारी कर्मीहरुलाई रफिकोलले स्वागत गरेको थियो । टोलिले रफिकोलको निरक्षण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस