जुन विषय पढेपनि विसीए पढ्न पाइने

भदौ २५, २०७५

 

तुलसीपुर भदौ २५

तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले यसै शैक्षिक सत्रबाट विसीए कक्षा सञ्चालनको तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर कलेजले विसिएको कक्षा सञ्चालन गर्न लागेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिए । सुचना प्रविधिसँग सम्वन्धित विषय सञ्चालनका लागि कलेजले पूर्वाधार समेत निर्माण गरिसकेको पनि जिसीले वताए । “लामो समयको तयारी पश्चात हामीले सम्वन्धन पाएका हौ ” जिसीले भने । उनले तुलसीपुरमा विसिए कार्यक्रम सञ्चालनका लागि ज्ञानदीपले मात्रै सम्वन्धन पाएको समेत वताए । “त्रिभुवन विश्वविद्यालयको मापदण्डभित्र रहेर हामीले कलेज सञ्चालन गर्ने सोच वनाएका छौ ” जिसीले भने ।
त्रिभुवन विश्वविद्यालयका अनुसार विसिए अध्ययन गर्नका लागि जुनसुकै संकायबाट भएपनि १२ कक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको छ । ‘जुन विषय पढेको भएपनि यो विषयको अध्ययन गर्न सक्छ” जिसीले भने । उनले तुलसीपुरमा ज्ञानदीपले मात्र विसिए कार्यक्रम सञ्चालन गरेकाले नमुनाका रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । विसीए कार्यक्रम सेमेस्टर सिस्टमबाट सञ्चालन हुने पनि कलेजले जनाएको छ । कलेजका अनुसार ४ वर्षसम्म ८ सेमेस्टरमा कार्यक्रम सञ्चालन हुनेछ । ज्ञानदीप कलेजले २०७० सालबाट स्नातक तह अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकाय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस