Update : सल्यानमा गाडी दुर्घटनामा परि श्रीमान श्रीमतीको ज्यान गयो

भदौ २५, २०७५

बुद्धिमान पुन ,सल्यान २५, भदौ ।
सल्यानमा गाडी दुर्घटना हुदाँ मृत्यू हुनेको संख्या २ पुगेको छ । जिल्लाको शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा भएको जीप दुर्घटनाका घाईतेको निधन भएपछि मृत्यू हुनेको संख्या २ पुगेको हो । गाडी दुर्घटनामा घाईते बागचौर नगरपालिका १० मोखला का ६० बर्षिय बल बहादुर बिकको मृत्यू भएको हो । उनको श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको थियो । तर उनको बिच बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसअघि दुर्घटना स्थलमा नै ५५ बर्षिया हुकुमी बिकको मृत्यू भएको थियो । मुत्यु हुने दुवै जना श्रीमान श्रीमती रहेका छन् । बागचौर बाट दाङ तर्फ जादै गरेको लु १ च ५६६४ नम्बर को जीप आज बिहान करिब साढे ७ बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गाडी चालक २२ बर्षिय कमल बिक सामान्य घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस