खोलाले बगाएर एक बालकको ज्यान गयो

भदौ २४, २०७५

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २४ भदौ ।
खोलाले बगाउदा दाङको तुलसीपुरमा एक वालकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ४ लामीदमारका वली कान्छा भनिने धन बहादुर वलीका छोरा ६ वर्षिय अविषेक वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार शनिवार वेलुका बावुछोरा गाउँ नजिकै फुटवल खेल हेरेर घर फर्कने क्रममा बालकलाई स्थानिय कल्लेखोलाले बगाएको थियो । उनको खोजी गर्ने क्रममा आईतवार विहान सवा ९ वजेतिर सोहि खोलाको किनारमा उनकोे शव फेला परेको डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस