अध्ययन केन्द्र उरहरीले यसरी मनायो साक्षरता दिवश

तुलसीपुर,२३ भाद्र ।
साक्षरता दिवशको अवसरमा तुलसीपुर ११ उरहरीमा रहेको सामुदायिक अध्ययन केन्द्रले बर र पिपल रोपेको छ । अध्ययन केन्द्रकि अध्यक्ष गोमाबालान क्षेत्रिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरकि उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । २०६८ सालमा स्थापना भएको दिनमा गमलामा रोपिएका बर र पिपललाई आज तुलसीपुर १२ कचिलाको बगरमा सारिएको हो ।

सो अवसरमा तुलसीपुर १२ का वडा सदस्य राम शरण चौधरी,थारु अगुवा डिल्ली बहादुर चौधरी,ख्ुसीराम चौधरी लगायतले बोलेका थिए । केन्द्रका उपाध्यक्ष जागेश्वर भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण अध्ययन केन्द्रकि सामाजिक परीचालक मञ्जु रेग्मीले गरेकि थिईन । अध्ययन केन्द्रले साक्षरता दिवशका अवसरमा प्रत्येक बर्ष विविध कार्यक्रम गर्दै आएको छ ।।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार
प्रतिक्रिया