‘कसैको चरीत्र हत्या नगरेको दाबि’

भदौ २२, २०७५

तुलसीपुर,२२ भाद्र ।

सल्यान बागचौर नगरपालिका वडा नम्बर ९ निवासि टोपेन्द्र वलीले आफुले कसैको चरीत्र हत्या नगरेको दावि गरेका छन । तुलसीपुर खवर संग कुराकानि गर्दै उनले यस्तो दावि गरेका हुन । आफुबाट केहि कमजोरी भएको तर समाचारमा आए जस्तो कसैको चरीत्र हत्या गर्ने प्रयास नगरेको उनले बताएका छन । साथै छलफलबाट मिलापत्र भईसकेको उनले बताएका छन ।

विभिन्न सञ्चार माध्यममा आए जस्तो आफुले कसैको चरित्रहत्या नगरेको उनको भनाई छ । सोही ठाउ निवासि दिपेन्द्र प्रकास डिसी र आफ्ना विचमा विहिवार साँझ मिलापत्र भएको उनले जनाएका छन । यस अघि तुलसीपुर खबरले  ‘फेसबुक मार्फत चरीत्र हत्या गर्ने एक जना पक्राउ’ भनेर समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस