दङ्गिशरण गाँउपालीकाको दोस्रो गाउँ सभा सकियो, थप योजनाहरु भए पारीत

दिप्तीशिखा चौधरी,तुलसीपुर २१ भाद्र ।
दङ्गिशरण गाँउपालीकाको गाउँ सभा आज गाउँपालीकाको कार्यालयमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा थप गरिएका योजनाहरु पारीत गरेको छ । सभाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , स्थानीय पूर्वाधार बिभागले चालु आर्थिक बर्ष २०७५÷०७६ मा स्थानीय सडक र्ममत कार्यका लागि यस गाँउपालिकाको लागि स्विकृत गरी पठाएको १० लाख रुपैया बिभीन्न वडाका लागि बिनीयोजन गरेको छ ।

जसमध्य वडा न. १ मा सडक मर्मत योजनाका लागी १ लाख ५० हजार ,सो योजना अन्र्तगत वडा न. २ का लागि २ लाख , वडा न. ३ का लागि १ लाख २५ हजार , वडा न.४ का लागि १ लाख २५ हजार,वडा न. ५ का लागि २ लाख र वडा न. ६ र ७ को सडक मर्मतका लागि २ लाख बजेट बिनीयोजन गरेको हो । त्यसैगरी दंगीशरण गाँउपालीकाको आर्थिक बर्ष २०७४÷०७५ बाट बाकी रहेको रकम विभिन्न योजनाहरुमा बिनियोजन गर्ने गरी बिनियोजन ऐन २०७५ मा कूल विनियोजीत बजेट २७ करोड ८८ लाख ५३ हजार हुने गरी संसोधन गर्न गाउँ सभा बाट पारीत गरीएको हो ।

जस अन्र्तगत दंगीशरण गाँउपालिका वडा न. ४ को हेकुली चौकमा ब्यवसायिक भवन निर्माण गर्न ५० लाख , वडा न. २ को घट्टेखोला सरुवाडाँडा कुलो निर्माणका लागि १५ लाख,वडा न. ६ को गिदरभरीया सिचाई पोखरी निर्माणका लागि २० लाख , वडा न. ७ को सिम्ठानी कुलो निर्माणका लागी १० लाख , सो वडाको रजपल पार्क निर्माणका लागि ६ लाख, वडा न. ६ को गोबरग्यास प्लान्ट सम्भाब्यता अध्ययनका लागि ५ लाख , वडा न. १ को कनरयिा खोला रहरपुर तटबन्ध निर्माणका लागि ५ लाख , वडा न.३ को बिजुलीपुर कुलो निर्माणका लागि थप २ लाख , वडा न. १ को सडक र्ममतका लागि थप १ लाख र गाउँपालीकामा सवारी साधन खरिदका लागि थप १५ लाख बजेट बिनीयोजन गरेको छ ।

सभामा गाउँपालीकाका प्रवक्ता बिर बहादुर वलीले सो योजनाहरु पढेर सुनाउनु भएको थियो । बजेट बिनीयोजन सुनेर हुन्छ भन्ने सदस्यहरुको संख्या धेरै भएकाले सो बजेट पारीत भएको हो । त्यस्तै जनसहभागीता बाट १० प्रतीशत बिभीन्न खाले बिकाशे योजनाहरु पारीत गरीएको छ सभामा गाउँपालीकाका ७ वटै बडाका अध्यक्ष तथा सदस्य लगाएत प्रतिनीधिहरुको सहभागिता रहेको थियो । गाँउपालीकाका अध्यक्ष भागीराम चौधरीको अध्यक्षता एंव गाँउपालीकाका प्रशासकीय अधिकृत मार्सल वलीको प्रमूख आतीथ्यमा सभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र २१ गते बिहिवार
प्रतिक्रिया