भदौ १० गते भित्र स्वास्थ्य संस्थामा करार कर्मचारी

भदौ ०७, २०७५

तुलसीपुर,७ भाद्र ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले भदौ १० गतेभित्र सबै स्वास्थ्य संस्थामा करारमा कर्मचारी नियुक्तगरिसक्ने जनाएको छ । झन्डै २ महिना अघि करारको लागिआवेदनखुलाएको मन्त्रालयले करारकालागि छनौट भएकाकर्मचारीलाई १० भदौ भित्र पठाइसक्ने मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले बताउनुभयो ।

हाल देशभरकाअधिकांश स्वास्थ्य संस्थामाभएका दरबन्दीअनुसार चिकित्सक छैनन् भने बिरामीअनुसार चिकित्सक र नर्सको संख्याअपुगहुँदा स्वास्थ्य सेवाप्रवाहगर्न समस्याभइरहेको छ । देशभर रहेको ४ हजार भन्दा बढि स्वास्थ्य संस्थामा ६ हजार भन्दा बढि चिकित्सक र १० हजार भन्दा बढि नर्सहरु अपुग छन् ।

प्रतिक्रिया दिनुहोस