तुलसीपुरलाई कला नगरि वनाउछौ – मेयर पाण्डे

भदौ ०४, २०७५

शरद रेग्मी , दाङ ४ भाद्र ।
चलचित्र पत्रकार संघ दाङको बार्षिक उत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा आज सम्पन्न भएको छ । आज परेको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको संस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । बिष्णु चलचित्र मन्दिरमा भएको कार्यक्रममा नायक पल शाह, वरिष्ठ रंगपत्रकार शान्ति प्रिय,चर्चित गायक कृष्ण काफ्ले, गायिका साहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ , गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगायतका कालाकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरका रुपमा बिकास गरिने बताउनु भयो । दाङ विश्वको सबै भन्दा ठुुलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपर्युक्त स्थान भएको उहाले बताउनु भयो । जिल्लाको चलचित्रको बिकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाले बताउनु भयो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनु भयो ।

दाङमा चलचित्र निर्माण गर्न उपर्युक्त भएकाले यहाँको बिकासमा चलचित्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । यस बिषयमा पत्रकाहरुले पनि कलम चलाउनु पर्ने उहाको भनाई थियो । कार्यक्रममा रंग पत्रकार शान्ति पृय, राप्ती समाचार दैनिकका प्रकासक संगीत बस्याल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गर्नु भएको थियो । त्यसअवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट शिब पुनलाई ११ हजार एक सय ११ रुपैयाँ राशिको पुरस्कार समेत प्रदान गरिएको थियो । त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्ति पृय, चलचित्र पत्रकार संघ ,कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै सल्लाहकार शरद रेग्मीलाई युवा पत्रकारिता सम्मान बाट सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस