पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

तुलसीपुर,४ भाद्र ।
पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । आयल निगमले आजदेखि लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ । नयाँ मूल्यअनुसार काठमाण्डुमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ रुपैयाँ तिर्नुपर्नेछ ।

मूल्य समायोजनपछि निगमको घाटा १५ दिनमा ७ करोड २० लाख रुपैयाँ हुने जनाइएको छ । अमेरिकी डलरको भाउ बढेकाले तेलको भाउ बढाउनुपरेको निगमले जनाएको छ ।मट्टी तेलमा नाफा कमाइरहेको भएपनि मूल्य भने घटाएको छैन । निगमले स्वचालित मूल्य प्रणालीअनुसार १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ।

प्रकाशित मिति : २०७५ भाद्र ४ गते सोमवार
प्रतिक्रिया