विद्यालयमा सहयोग गर्ने सांसद केसीको प्रतिबद्धता

तुलसीपुर,२ भाद्र ।

तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा चार कोठे पक्की भवण निर्माण हुने भएको छ । उक्त भवण निर्माणका लागि माननिय सांसद हिराचन्द्र केसीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । विद्यालयको एक टोली संग आज काठमाण्डौंमा भएको भेटमा सांसद केसीले यस्तो प्रतिबद्धता जनाएका हुन ।

यसबर्ष देखि सञ्चालन गर्न लागेको पशुविज्ञान कक्षाको लागि भवण अपुग भएको भेटमा विद्यालयले अवगत गराएको थियो । जवाफमा सांसद केसीले सांसद क्षेत्रविकास कोषबाट ५० लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले जानकारी दिएका छन ।

भवण निर्माण भए विद्यालयमा कक्षा कोठाको अभाव नरहने प्रधानाध्यापक न्यौपानले जानकारी दिएका छन । विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समितिका सदस्य केदार प्रसाद आचार्य,पूर्व अध्यक्ष मान बहादुर रावत र विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने विभिन्न निकायमा पुगेका छन । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद केसीले भवण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए संगै विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार
प्रतिक्रिया