शैक्षिक आन्दोलनका अभियान्ता आचार्यको निधन

तुलसीपुर,१ भाद्र ।

दँगाली शैक्षिक आन्दोलनका अभियान्ता लोकमणि आचार्यको निधन भएको छ । दम तथा सुगर रोगबाट पिडित आचार्यको आज विहान ३ बजे तिर निधन भएको पारीवारीक श्रोतले जनाएको छ । शिक्षण पेशामा रहुन्जेल उनले जिल्लाका विभिन्न सरकारी विद्यालयमा सेवा गरेका थिए । उनले सवै भन्दा लामो समय सम्म बालमितेरी भोजपुरमा प्रअ भएर चलाएका थिए ।

यस्तै अमर मावि उरहरीमा पनि प्रअ भएर विद्यालय चलाएका आचार्यको २०६५ फागुणमा सोहि विद्यालयबाट अनिवार्य अवकास भएको थियो ।उनले पद्यमोदय घोराही,सिद्धपृथ्वी श्रीगाउ, महेन्द्र माविमा पनि सेवा गरेका थिए । तत्कालीन एमालेका केन्द्रीय सल्लाहकार कमिटीका सदस्य समेत रहेका आचार्य चन्द्रोदय बोर्डिङ स्कुल सन्चालक समितिका पुर्ब अध्यक्ष समेत हुन ।

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार
प्रतिक्रिया