काम अनुसारको पारीश्रमिक नहुदा विद्यालय कर्मचारी मारमा

साउन ३०, २०७५

बसन्त परियार,३० साउन ।

विभिन्न माग गर्दै आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परीषद्ले देशभरका स्थानिय तहमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । केन्द्रीय कार्यक्रम अन्र्तगत तुलसीपुर नगर कमिटिले सुझाव लिनका लागि रिर्पोट्स क्लवमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने बत्ताहरुले विद्यालय कर्मचारीहरु मारमा परेको बताएका थिए ।

विद्यालय कर्मचारीकोे काम अनुसारको पारीश्रमिक नहुदा उनिहरु मारमा परेको बक्ताहरुको भनाई थियो । परीषद्का नगर अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख भाष्करराज गौतमको प्रमुख आतिथ्य एवं शिक्षक महासंघका अध्यक्ष ढक बहादुर केसीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले कर्मचारीका मागहरु उचित रहेको बताएका थिए । विद्यालय कर्मचारीको तलव अत्यन्तै न्युन रहेकोले उनिहरुका मागहरु बारे आफु सकारात्मक रहेको उनले बतारुएका थिए । यी मागहरु लाई आफुले सम्बन्धीत ठाउमा उठाउने उनले आश्वासन दिएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि शिक्षक महासंघका नगर अध्यक्ष केसीले कर्मचारीका मागमा मंहासघ साथ दिन तयार रहेको बताएका थिए । साझ विहान नभनि विद्यालयको काममा खट्ने कर्मचारीले पाउने सेवामा बृद्धि हुनुपर्ने उनले बताएका थिए । सो अवसरमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी , कार्यपालीका सदस्य अमर नेपाली,एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष मोहन थापा,शिक्षक महासंघका जिल्ला सचिब भागवत पौडेल,शिक्षक संघका लेबेन्द्र केसी, रिर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी लगायतले बोलेका थिए ।

प्रदेश ५ का सदस्य डम्बर वलीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने सहजिकरण नगर सचिब धु्रवराज न्यौपानेले गरेका थिए । परीषद्ले केन्द्रीय कार्यक्रम अनुसार भोली विहिवार उपमहानगरपालीमा ज्ञापन पत्र बुझाउने र मागहरुप्रति सकारात्मक नभए भदौ ३ र ४ गते देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको परीषद्का नगर अध्यक्ष मित्रलाल शर्माले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस