गाडी धुलाई तथा मोटरसाईकल मर्मत सेन्टर सन्चालनमा

तुलसीपुर, ३० साउन ।तुलसीपुर क्याम्पस चोक विजोरीमा बुधवारबाट गाडी धुलाई तथा मोटरसाईकल मर्मत सेन्टर सन्चालनमा आएको छ । बजारको मागलाई मध्यनजर गदै तुलसीपुर १९ विजौरीमा जय बागेशवरी गाडी धुलाई तथा मोटरसाईकल मर्मत सेन्टर सन्चालनमा आएको सेन्टरका सन्चालक प्रकाश डाँगीले जानकारी दिएका छन् ।
उनका अनुसार अत्याधुनिक मेसीनबाट कार,जिप र मोटरसाईकल धुलाइ, मोटरसाईकल सम्वन्धि पाटपुर्जा पाईनुका साथै मर्मत सेवा लगाएतका सेवाको व्यवस्था गरीएको छ । आफु दुई पटक सम्म बैदेशिक रोजागारीको शिलशिलामा विभिन्न देशमा दुख पिडा भोग्नु परेको भन्दै आफनै देशमा सिप सिकेर केहि गर्नु पर्छ भन्ने उद्देश्यका साथ सेन्टर सन्चालनमा ल्याएको सन्चालक डाँगीले बताएका छन् । साथै उनले आर्थिक प्रतिस्प्रर्धा भन्दापनि सेवामुलक भावनाले सेन्टर सन्चालन गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७५ साउन ३० गते बुधवार
प्रतिक्रिया