नि:शुल्क सुरक्षित गर्भपतन सेवा संचालन

मिना बुढाथोकी , सल्यान,२८ साउन ।
सल्यानको दार्मा स्वास्थ्य चौकी बाट नौ हप्ता सम्मको निशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । निशुल्क र सुरक्षित गर्भपतन सेवा शुरु भएसंगै त्यहाँका स्थानीय खुशी भएका छन् । परिवार नियोजनको साधनको प्रयोग बारे खुलेर कुरा नगर्ने ग्रामीण क्षेत्रमा निशुल्क र सुरक्षित गर्भपतन सेवा शुरु हुंदा यहाँका महिलाहरु लाई धेरै राहत हुने साबिकको एक नम्बर वडाकी महिला स्वास्थय स्वयंसेविका डिला शर्मा केसीले बताईन् ।

नौ हप्ता सम्मको निशुल्क र सुरक्षित गर्भपतन सेवाका प्रकृया तथा गर्भपतन सम्न्धी राज्यले तोकेका नितिगत व्यवस्थाका बारेमा यस गाउँपालिकाका साबिकका नौ वडाका महिला स्वास्थ्य स्वयंसेविकाले तालीम लिएको तालीममा सहभागी अर्का महिला स्वास्थ्य स्वयंसेविका पुतला हमालले बताईन् ।

यस अधि यहाँका महिला हरुले गर्भपतन गर्नु परेमा जिल्ला सदर मुकाममा खलंगामा रहेको अस्पतालमा धाउनु पर्ने बाध्यता थियो महिला स्वास्थ्यस्वयंसेविका हमालले भनिन्,यहाँका कतिपय महिलाले असुरक्षित रुपमा गर्भपतन गराउदै आएका थिए,हाम्रो सल्लाहमा केही महिला जिल्ला अस्पताल सम्म पुगे पनि कतिपय महिलाले भने गर्भपतन गराउने झन्झटले धेरै सन्तान जन्माउने गर्थे,तर अब यो समस्या बाट छुटकारा पाईने भयो,’उनले थपिन ।
जिल्ला जनस्वास्थय कार्यालय सल्यान र परिवार नियोजन सम्बन्धी काम आएको पीएसआई नेपालको सहकार्य तथा दार्माकोट स्वास्थ्यचौकीको आयोजनामा निशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको हो । यस जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरु लाई लक्षित गर्दै ग्रामीण क्षेत्रबाटनै सहजै सेवा पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा यस प्रकारको कार्यक्रम संचालन गरेको पीएसआई नेपालका जिल्ला संयोजक रेशम डिसिले बताए ।

निशुल्क तथा सुरक्षित गर्भपत सेवा दार्मागाउँपालिकाको स्वास्थ्य चौकीमा शूरु गरेसंगै यहाँका स्थानीय महिलाले यसबाट लाभ लिन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानका परिवार नियोजन सुपरभाईजर अधिकृत खिमेन्द्र शाक्यले जनाए । भर्खरै मात्र यस जिल्लामा कार्यक्रम लागु भएको जानकारी गराउदै उनले यहाँको कोटबारा स्वास्थय चौकी,थारमारे प्राथमिक स्वास्थ्य केन्द्र,त्रिवेणी स्वास्थ्य चौकीबाट पनि नौ हप्ता सम्मको निशुल्क तथा सुरक्षित गर्भपत सेवा संचालन भएको उनले बताएका छन् ।

 

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया