मंगलवार बिप्लवको नेपाल बन्द

ओमप्रकाश गुप्ता, भालुवाङ २८ साउन ।
नेपाल कम्युनिष्ट पार्टीले आज (सोमवार) देशभर मसाल जुलुश निकाल्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा मसाल जुलुश निकाल्न लागेको हो । पूर्व घोषित कार्यक्रम अनुसार आज मसाल जुलुश निकाल्ने र भोली साउन २९ गते १ दिनका लागि नेपाल बन्दको आह्वान समेत गरेको छ । गएको मंगलबार काठमाडौँको दक्षिणकालीबाट ‘प्रकाण्ड’सहित तीनजना पक्राउ परेको विरोधमा नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

उनीहरु सहित यस अघि पक्राउ परेका सबैको विनाशर्त रिहाको माग गर्दै बन्दको पूर्व सन्ध्यामा आज मसाल जुलुश निकाल्न लागेको सो पार्टीले जनाएको छ । यही साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा गिरफ्तार परेका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले आइतबार दोस्रो पटक थप २ दिन म्याद थप गरेको छ ।

यसअघि साउन २५ गते देशव्यापी कोणसभा गरेको नेकपाले २६ गते काठमाण्डौका तीन स्थान सहित देशका मुख्य मुख्य शहरहरुमा विरोधसभा र २७ गते भण्डाफोर लगायतका कार्यक्रम गरिसकेको छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया