तुलसीपुर-लमही सडकमा यातायात ठप्प

साउन २८, २०७५

तुलसीपुर,२८ साउन ।

लगातारको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा आज बिहानदेखि लमही— तुलसीपुर सडकमा साना तथा ठुला सवारी साधन ठप्प छन । लमही तुलसीपुर अन्र्तगत पर्ने बबई,ग्रुर्जे,पत्रे खोला लगायतका खोलामा बाढि आएपछि आवागमन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैविच,निरन्तर वर्षाको कारण दाङको राप्ती नदीमा बाढी बढेपछि आज बिहानैदेखि चेतावनीको साईरन बजाइएको छ । निरन्तर पानी परेकाले राप्ती नदीको चर्नेटा, बागास्वोती, कुशुममा जलसतह बढ्दै गएपछि चेतावानीको साइरन बजिरहेको छ । नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचना प्रवाह गरी सावधानी अपनाउन जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस