युवाहरु अव समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड

तुलसीपुर,२७ साउन ।अन्तराष्ट्रिय युवा दिवस दाङ लगायत देभर विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा दाङका विभिन्न स्थानमा बृक्षारोपन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएका छन । नमुना युवा सांसद दंगीशरण गाउँपालिकाको आयोजनामा सरसफाई तथा बृक्षारोपण र सुखी एवं समृद्धि दंगीशरण गाउँपालिका निर्माणमा युवाको भुमिका विषयक बक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै प्रदेश ५ का सांसद उत्तरकुमार वलीले युवाहरु अव समाज रुपान्तरणमा लाग्नुपर्ने बताएका छन् । साथै उनले युवाहरुको लागी आफुले सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद वलीले दंगीशरणमा रहेका नमुना युवा सासंदहरुले गरेको कामको प्रसंशा गरेका छन् ।
दंगीशरण गाउपालिका अध्यक्ष चौधरीले गाउँपालिका भित्र युवाहरुको विकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले समाजमा रहेका विसंङगतिलाई न्युनिकरण र कुलतमा लागेका युवाहरुलाई नमुना युवा सांसदले सकारात्मक बाटोतिर डो¥याउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।नमुना युवा सासंदका सभामुख पारस खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ का सांसद धमकली चौधरी,जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेस रावत,नमुना युवा सांसद राष्टपति रमिता चौधरी,प्रधानमन्त्री चक्रमिलन विक र विरेन्द्र मावी हेकुलीका शिक्षक तिलक हमाल लगाएतले बोलेका थिए ।

युवा सांसद सुसील डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिनिता बुढाथोकीले गरेकी थिईन् । साथै सो अवसरमा आयोजना गरीएको प्रतियोगितामा २१ जनाले सहभागिता जनाएका थिए । जसमा प्रथममा कोमल वली, द्धितृयमा सम्झना खड्का, तितृयमा प्रविन केसी र सान्त्वनामा सिपना चौधरीले हासील गरेकी थिईन । यस्तै गाउपालिका कार्यालय परिसरमा विभिन्न प्रजातीका सात सय विरुवा रोपिएको छ ।
उता घोराहीमा जिल्ला युवा समिति दाङको आयोजना तथा घोराही उपमहानगरपालिका, नेपाल परिवार नियोजन संघ, युवा कार्य नेपाल, ओरेक नेपाल, सिसा दाङ, बागेश्वरी असलशासन क्लब, युएनएफपिए, नगर युवा सञ्जाल, नयाँ पाईला पुर्नस्थापना केन्द्र लगाएतका विभिन्न संघसंस्थाहरुको समन्वयमा कार्यक्रम भएको छ ।जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने युवाहरुले उद्यमशिल बन्न चाहेको भन्दै स्थानिय सरकारले अब सिप, ज्ञान र अवसरको सृजना गरि देश विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार
प्रतिक्रिया