दाङको ग्वारखोलाले बगाउदा चौधरीको ज्यान गयो

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २७ साउन ।
दाङको ग्वोरखोलाले बगाउदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगै निवासी अन्दाजी ४५ वर्षिय परशुराम चौधरीको ज्यान गएको छ । शनिवार साँझ मजगाउँबाट घर फर्कने क्रममा उनलाई ग्वारखोलाले बगाएको थियो । उनी संगै गजगाउँ गएका चित्र बहादुरले आईतवार विहान मात्र घरपरिवारलाई जानकारी दिएपछि चौधरीको शव ग्वारखोलाको पक्कि पुल देखी उत्तर तर्फ ईट्टा भट्टा नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

शनिवार बेपत्ता भएका चौधरीको बारेमा आईतवार विहान मात्र थाहा पछि प्रहरीलाई जानकारी भएको डिएसपि सापकोटाले बताएका छन् । समयमै जानकारी नहुदा चौधरीको खोजीकार्य ढिलो भएको हो । उनका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती अन्चल अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार
प्रतिक्रिया