जलमूल संरक्षण गर्नेले सेवा शुल्क पाउनु पर्ने माग

तुलसीपुर, २५ साउन / सामुदायिक वन समूहका उपभोक्ताले जलमूल संरक्षण गरेवापत भुक्तानी पाउनुपर्ने माग गरेका छन् । उपल्लो तटिय क्षेत्रमा नाङ्गा डाडाँकाडाँमा वृक्षारोपण, वनको संक्षरण गरेकै कारण पानीका मुहानहरुको संरक्षण भएको भन्दै त्यसको उपयोग गर्नेहरुले केहि रकम समुदायलाई उपलब्ध गराउनु पर्ने उनिहरुले बताएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, तुलसीपुर उपमहागनरपालिकाको आयोजनामा शुक्रबार यहाँ भएको चौथो सामुदायिक वन दिवसका अवसरमा बोल्ने वक्ताले प्राकृतिक श्रोतसाधनको उपयोग गर्नेले त्यसको संरक्षणका लागि बजेट विनियोजन गर्नु पर्ने उनिहरुको माग थियो ।
महासंघका उपाध्यक्ष खेमलाल महताराको अध्याक्षतामा एवम् इलाका वन कार्यालय तुलसीपुरका प्रमुख विनोद कुमार शाहको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
सो अवसरमा पारिवारीक नीजि वन महासंघ दाङका अध्यक्ष पदम केसी, जिल्ला वन महासंघ लेखा तथा अनुगमण समितिका कमल पोख्रेल, महासंघका कोषाध्यक्ष खिमबहादुर घर्ती सचिव रक्षा काफले लगाएतले आफना भनाई राखेका थिए ।

 

 

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार
प्रतिक्रिया