असारे वजेट रोक्दै तुलसीपुर उपमहानगरपालिका

साउन २५, २०७५

तुलसीपुर, साउन । तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा वजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि नयाँ योजना अगाडि सारेको छ । अधिकांश वजेटको कार्यान्वयन असारमा हुने र छिटो छिटो हुने विकास दिगो नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औ कार्यपालिका वैठकले प्राथमिकताका आधारमा योजनाको वर्गिकरण गरेर काम गर्ने योजना अगाडि सारेको हो ।
कार्यपालिका वैठकले गरेको निर्णय अनुसार योजनाहरुलाई तिन चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणमा जनताका लागि अति आवश्यक योजनाहरु राखिने अनि दोस्रो र तेस्रो चरणमा कम आवश्यकताका योजनाहरुलाई प्राथमिकतामा राखेर काम गरिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वताए । अधिकृत सारुले कार्यपालिकाले पारित गरेको सबै वजेटको सुनिश्चितता नहुने भएकाले अत्यावश्यक योजनाहरु नछुटन् भनेर यस्तो गरिएको पनि वताए । ‘संघ र प्रदेशबाट आउने वजेट वाहेक अन्य वजेटको कुनै निश्चिन्तता नहोस् भनेर यस्तो प्रणाली ल्याइएको हो ’ सारुले वताए ।
नगरप्रमुख घनश्याम पाण्डेले योजनाहरुको व्यवस्थापनका साथै विकासलाई प्रभावकारी वनाउनका लागि प्राथमिकताको आधारका योजना वर्गिकरण गरिएको कुरामा जोड दिए । उनले अत्यावश्यक योजना पहिलो र अन्य कम प्राथमिकताका योजनालाई दोस्रो र तेस्रो गरी वर्गिकरण गरिएको पनि वताए । ‘फुटकर योजना भन्दा पनि नगरलाई समृद्ध तुल्याउने ठूला प्रकृतिका योजनाहरु पहिलो चरणमा राखिने छ ’ नगरप्रमुख पाण्डेले वताए ।
योजनाको प्राथमिकीकरण अन्तर्गत पहिलो चरणमा हुने योजनाहरुको सम्झौता पुस मसान्त सम्म, दोस्रो चरणको सम्झौता फागुन मसान्त र तेस्रो चरणको सम्झौता वैशाख १५ सम्म हुने भएको छ । सबै योजनाहरुको सम्झौता भाद्रबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत सारुले वताए । ‘हामीले सम्झौता सबै योजनाको गर्छाै तर दोस्रो चरणमा गरिने योजनाको ५० प्रतिशत र तेस्रो चरणमा गरिने योजनाको ३५ प्रतिशत रकम मात्रै सम्झौता गर्नेछौ’ सारुले वताए । अधिकृत सारुका अनुसार वैशाख १५ गतेभन्दा पछाडि कुनै पनि योजनाको उपमहानगरपालिकाले सम्झौता गर्नेछैन ।
नयाँ वजेट प्रणाली अन्तर्गत पुस महिनाभित्र वजेटको विश्लेषण गरेर दोस्रो र तेस्रो प्राथमिकतामा परेका योजनाहरुमा कति रकम राख्ने भन्ने कुराको निक्र्यौल हुनेछ । ‘तेस्रो चरणमा परेका योजनाहरुमा कतिसम्म वजेट विनियोजन गर्न सकिन्छ भन्ने सबै कुरा पुस महिना भित्र थाहा हुन्छ ’ सारुले वताए ।
उपमहानगरपालिकाले योजनाको प्राथमिकीकरण नगर्दा विगतमा घाटा वजेट वढेर गएको थियो । ‘अवदेखि घाटा वजेटको अवस्था हुनेछै्रन’ अधिकृत सारुले थपे ‘असारमा हतार हतार योजनाको कार्यान्वयन गर्ने प्रवृत्तिलाई यो प्रणालीले रोक्नेछ ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस