चौथो सामुदायिक वन दिवसका अवसरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

साउन २५, २०७५

तिर्थराज ज्ञवाली,मसुरीया २५ श्रावण ।
राप्ती गाउँपालिका स्तरिय वन उपभोक्ता महासंघले चौथो सामुदायिक वन दिवसका अवसरमा अन्र्तक्रिया शुक्रवार लालमटियामा आयोजना गरेको छ । राप्ती गाउँपालिका स्तरिय वन उपभोक्ता महासंघका अध्यक्ष हरि भुसालको अध्यक्षता एवं राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आतित्यता तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सहभागीहरुले बन जंगल संरक्षणका लागि आईपर्ने समस्या तथा समाधानका विषयमा सबै वन समुहहरु मिलेर जानुपर्नेमा जोड दिएका थिए । यस्तैगरी वन्यजन्तु वाट नागरिकको वाली नालीमा भएको क्षतिमा राज्यले क्षतिपुर्ति दिनुपर्ने वन समुहका पदाधिकारीले माग गरेका छन् । राप्ती गाउँपालिका अन्र्तगतका १५ सामुदायिक वन समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस