जित सुनारको तीजको गित बजारमा (भिडियो सहित)

साउन २५, २०७५

तुलसीपुर,२५ साउन ।
लोकगायक जित सुनारको तीजको कोसेलि बजारमा आएको छ । परेलि फिल्मस् प्रालि मार्फत बजारमा आएको गितको बोल ,नाच मेरी मायालु छम्म,छम्म…..रहेको छ । जित सुनारकै लय र शब्द रहेको उक्त गितमा उनलाई पुर्णकला विसीले साथ दिएकि छिन । तीजको अवसरमा गाँउमा हुने परीवेशलाई गितको माध्यमबाट उतार्न खोजिएको छ ।

गितमा अभिनय श्रेया गौतम र विष्णु शाहुको रहेको छ । सानैदेखि सांगितिक क्षेत्रको रुचि लाई अहिले आएर पुरा गर्न सफल भएका छन । उनको यो पहिलो प्रस्तुती हो । दाङ तुलसीपुर उपमहानगरपालीका ११ बेलटाकुरा स्थायी घर भएका सुनार यतिबेला बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन । आफ्नो पहिलो प्रस्तुतीलाई हेरेर ,सुनेर प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन ।

गितको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस