सगरमाथा सिमेन्ट, उत्पादन र विक्रिवितरणमा रोक

साउन २४, २०७५

तुलसीपुर, २४ साउन / सगरमाथा सिमेन्ट गुणस्तरहिन भएको गुनासो आएपछि गुणस्तर तथा नाप तौल विभागको टोलीले परिक्षणका लागि नमुना लगेको छ । घोराही सिमेन्टबाट उत्पादन सगरमाथा सिमेन्ट बर्दीयामा गुणस्तरहिन भएको घटना सार्वजनिक भएपछि परिक्षण गरिने भएका हो ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङको गोग्लीमा रहेको सिमेन्ट उद्योगामा पुगेर सिमेन्टको नमुना लगेका हुन । ओपिस र पिपिस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको हो ।

ओपीसी सिमेन्टको उत्पादन कार्य अहिले जिल्ला प्रशासन कार्यालय दाङको निदेर्शनमा बन्द गरिएको छ । ‘गृहमन्त्रालयबाट सगरमाथा सिमेन्टको गुणस्तर परिक्षण गरी कार्बाही अघि बढाउनु भन्ने पत्र आयो,’ साहयक प्रमुख जिल्ला अधिकारी गणेस आचार्यले भने, ‘त्यसका आधारमा उद्योगलाई उत्पादन वन्द गर्न लगाएर नमुना परिक्षणका लागि विभागमा पठाउन लागिएको हो ।’

टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौ लगेको हो ।

टोलिले अहिले सोनापुर सिमेन्ट उद्योगवाट ल्याएको क्लिङ्करवाट ल्याएर उत्पादन गरेको सिमेन्ट ओपिसि र पिपीसिको नमुना पनि विभागले लगेको छ । घोराही सिमेन्टले उत्पादन गरेको ओपिसि सिमेन्टमा म्याग्नेसियम बढि भएकाले मापदण्डअनुसार सिमेन्ट उत्पादन गर्न घोराही सिमेन्टले पछिल्लोपटक आफ्नो हजारौ मेट्रिकटन क्लिङ्कर मौजाद रहेपनि केही हजार मेट्रिक टन क्लिङ्कर सोनापुर सिमेन्टवाट लिएको थियो ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्रिवितरण रोक्न पत्राचार गरेको थियो ।

यसैविच विहिबार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको नेतृत्वमा विभागको टोली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वली सहित पत्रकारहरुको टोली उद्योगमा पुगेरमा जानकारी लिएको छ ।
अबको डेढ महिना भित्र गुणस्तर भए नभएको बारेमा रिपोर्ट आउने विभागका निर्देशक मनोज उपाध्यायले बताए । निर्देशक उपाध्यायले घोराही सिमेन्टमा गुणस्तरहीन देखीएपछि गुणस्तर नाप्नका लागि विभागको टोलि दाङ आएको र सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपिसि र पिपिसि सिमेन्ट नमुना संकलन गरेर परीक्षणका लागि लगेका कारण प्रतिवेदन नआउदासम्म उद्योगलाई विक्री, वितरण नगर्न र उक्त सिमेन्ट प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यता सिमेन्ट उद्योगका प्रतिनिधि विनय कुमार यादवले नमुना परिक्षण पछि आफुहरुले कामकाजलाई निरन्तरता दिने बताएका छन् । विशेष गरी पुलमा प्रयोग गरिने ओपिसी सिमेन्ट लामो समय सम्म राख्दा र उपयुक्त वातावरणमा नहुँदा केहि समस्या आउन सक्ने भन्दै बाहिर हल्ला भए जस्तो नभएको यादवले बताए । ‘ उद्योग भित्रै ल्यावहरु छन्, यहाँ पनि हामीले गुणस्तर चेक गछौ, ’ यादवले भने , ‘ त्यै पनि गुनासो आएकाले सरकारले स्याम्पल लिएर चेक गर्दा सम्म पर्खीन्छौ ।’ उद्योगका अनुसार गत जेठ ३१ गते बर्दीयमा मापदण्डा भन्दा ओपिसी सिमेन्ट कमसल गुनासो आएको थियो ।

प्रतिक्रिया दिनुहोस