स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्यो

तुलसीपुर, २४ साउन / तुलसीपुर उपमहानगरपालिका – ९ दोघरे स्थित नगर स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । साउन २०७४ देखि असार २०७५ को एक बर्षमा स्वास्थ्य केन्द्रबाट पाँच हजार ६ सय ८ जनाले सेवा लिएको केन्द्रका अहेव परबिर केसीले जानकारी दिुनभयो ।
अघिल्लो बर्ष पाँच हजार ५२ जनाले स्वास्थ्य सेवा लिएका थिए । यघिल्लो बर्षलाई तुलना गर्दा यस बर्ष पाँच सय ५६ जना बिरामी बढी आएका छन् ।  सेवा लिने मध्य सबै भन्दा बढि महिला २ हजार ९ सउ ४५ जना छन । त्यसैगरी पुरुष एक हजार ५ सय ४८ , बालबालिका ९ सय ६८ जना रहेको अहेव केसीले बताउनुभयो । त्यसैगरी गर्भवती १० टीवी २ र परिवार नियोजनका अस्थाई साधन प्रयोग गर्नेको संख्या एक सय ३७ जना रहेको छ ।
बिरामीको चाप अनुसार जनशक्ति, ल्याव र भवनको अभावमा सेवालाई थप प्रभावकारी बनाउन नसकिएको स्वास्थ्य केन्द्रका इन्चार्ज प्रतिक्षा पुनले जानकारी दिनुभयो ।

‘बिरामीहरु आउँछन तर ल्याबको व्यवस्था नहुँदा दिसा, पिसाव, बल्ड चेक नगरेर लक्षणका आधारमा औषधी दिनु पर्ने हुन्छ,’ इन्चार्ज पुनले भन्नुभयो, ‘त्यसो गर्दा बिरामीलाई सन्चो नलाग्न पनि सक्छ ।’ प्रायोजसो पेट, छाती, तल्लो पेट, टाउको दुख्ने, रिङ्गाटा लाग्ने, रुघाखोकी लागेका बिरामीहरु आउने गरेको केन्द्रले जनाएको छ ।  इन्चार्ज पुनले फोहर व्यवस्थापनका लागि पनि आफनै भवन आवश्यक रहेको बताउनुभयो । आफनै भवन नहुँदा एक बर्ष देखिका प्रयोग गरिएका सिरीञ्ज त्ययक्तिकै थुपारिएको छ ।

नगर स्वास्थ्य केन्द्रमा ३५ प्रकारको निशुल्क औैषधी र बिरामीको सहज पहुँचका कारण दुई ठूला अस्पताल, राप्ती अंचल आर्युवेद औषधालय र राप्ती अंचल अस्पताल नगएर कतिपय बिरामीहरु केन्द्रमा गएर स्वास्थ्य सेवा लिने गरेको नेकपाका युवा नेता निमबहादुर केसीले बताउनुभयो । केन्द्रलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन वडा र तुलसीपुर उपमहानगरपालिकाले ध्यान दिनुपर्ने युवा नेता केसीले जोड दिनुभयो ।

 

 

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहिवार
प्रतिक्रिया