सल्यानमा एक बर्षमा १ सय ९५ मुद्धा दर्ता

साउन २४, २०७५

तुलसीपुर,२४ साउन ।
वितेको आर्थिक बर्ष २०७४÷७५ मा बिभिन्न शिर्षक अन्र्तगत १ सय ९५ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । त्रिवर्षिय मुद्धाको तालीका अनुसार बितेको ३ बर्षको तथ्याँक हेर्दा वितेको आर्थिक बर्षमा बिभिन्न अपराधका घटना गरी १ सय ९५ घटना दर्ता भएको कार्यलयले जनाएको छ ।

पहिलेको तथ्याङक र अहिलेको तथ्याङकको तुलनामा २०७२÷७३ मा १३४ मुद्धा, ७३/७४ मा १ सय ५७ मुद्धा र २०७४/७५ मा बढेर १ सय ९५ मुद्धा दर्ता भएको प्रहरी नायब उपरिक्षक भरत विकले बताउनुयो ।

प्रतिक्रिया दिनुहोस