नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल !

काठमाडौं – नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने भएको छ । भदौदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो ।  नोटमा जथाभावी केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

यसअघि नोट केरमेट गर्ने तथा च्यात्नेलाई कैद वा जरिवाना हुने व्यवस्था थिएन । राष्ट्र बैंकले नयाँ नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहिवार
प्रतिक्रिया