विद्यार्थि संगठनले गरे शुल्क बृद्धिको विरोध

साउन २३, २०७५

तुलसीपुर,२३ साउन ।

अनेरास्ववियु जनता विद्यापीठ र अनेरास्ववियु क्रान्तिकारीले शैक्षिक शुल्क वृद्धि गरेको विरोध गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै दुई दिन भित्र माग सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनि दिएका छन । लामो समय देखि विद्यार्थीहरुले गर्दै आएको रचनात्मक विरोधलाई विश्वविद्यालय तथा क्याम्पस प्रशासनले वेवास्ता गरेको र अब कडा आन्दोलनको विकल्प नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद शैक्षिक शुल्कमा सत प्रतिसत वृद्धि गरेको कुरा प्रति विद्यार्थी सगठन लामो समय देखि आन्दोलित छन । विज्ञप्तीमा अनेरास्ववियु जनता विद्यापीठ विजौरीका अध्यक्ष दिवश क्षेत्री, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष गणेश चोैधरी, अनेरास्ववियुका सचिव गणेश खड्का, अनेरास्ववियु क्रान्तिकारी जनता विद्यापीठका सह सचिव जायस भट्टले हस्ताक्षर गरेका छन।

 

प्रतिक्रिया दिनुहोस