दाङमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

साउन २२, २०७५

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर, २२ साउन ।
दाङ्घमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । ज्यान जानेमा दंगीशरण गाउपालिका वडा नं ७ बागर निवासी ३३ वर्षिया झुपि कुमारी पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतक पुनलाई आफनै घरमा मंगलवार दिउँसो पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएकी पुनको राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस