Update घाइते १५ जना मध्य ५ को अवस्था गम्भिर

तुलसीपुर, २० साउन / दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । घाइते मध्य ५ जनाको अवस्था गम्भिर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । घाइते मध्य गम्भिर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा, तुलसीपुर उपमहानगरपालिका – १५ डुरुवा निवासी २२ बर्षकी प्रतिभा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने बर्ष २२ का दिपक दर्लामी र उनकी श्रीमती कृष्णा पौडेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । उनिहरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

त्यसैगरी अन्य घाइतेहरु तुलसीपुर उपमहानगरपालिका– ७ वसन्तपुरका मिनबहादुर वली, शानितनगर गाउँपालिका– २ बस्ने ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका निवासी ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरी, तुलसीपुर उपमहानगरपालिका – ८ निवासी ५० बर्षकी बिमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका , ५ बसर्पाक निवासी ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही उपमहागनरपालिका – १९ निवासी विजय बुढा, सोही ठाउँकी ५१ बर्षीय ज्योति बुढाको राप्तीअंचल अस्पतलामा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ ।
धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर – घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलामा आएको बाढीले वगाएको थियो । बसमा रहेका यात्रलाई नेपाल प्रहरी, स्थानीय बासीले उद्धार गरेका थिए । बसमा १८ जना यात्रु सवार रहेको पहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार
प्रतिक्रिया