गायीका टिका सानुको ‘बुहारी’ सार्वजनिक

साउन २०, २०७५

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २० साउन ।
लोक दोहोरी गायीका टिका सानुले विगतका वर्षहरुमा जस्तै यस वर्षको तिजमा पनि विभिन्न तिज कोशेलीहरु बजारमा ल्याएकी छिन् ।उनले २०७५ सालमा तिज सम्बन्धी बुहारी एल्बमको गित बजारमा ल्याएको जानकारी दिएकी छिन् । यस वर्ष तिज सम्वन्धि तिन वटा गित बजारमा आएपनि बुहारी एल्बम आफनै शब्द र स्वर रहेको उनले जानकारी दिएकी छिन् ।
उक्त गितमा टिका सानु संगै धनमाया नेपाली र आशिका गुरुङले पनि स्वर दिएका छन् भने अभिनय पनि उनीहरु तिनै जनाको नै छ ।राजेन्द्र घर्तिको लय रहेको बुहारी एल्बमको गितको निर्देशकमा मानसिंह खड्का, छ्याङकनमा सागर गौतम ,सम्पादनमा रमित ओली र दृश्य निर्माण डि आर फिल्मस् प्रालिको रहेको छ ।यस्तै उनले तिज सम्बन्धी कृश छेत्रीको नाँच मैयाँ नाँच र दिपक बिसिको मेरो मायालु भन्ने गितमा पनि आफुले स्वर दिएको बताएकी छिन् ।
बुहारी एल्बममा छोरीले विवाह गरेर गईसकेपछि मात्र माईतीको प्यारी बन्न सकिने अर्थात माईती घरको बढि याद र माया लाग्ने तर आफनो घरपरिवारको प्यारी बन्नलाई धेरै कोशिस गरेपनि घरको प्यारी बन्न नसकीएको कथाव्यथालाई समेटिएको छ ।उक्त गितलाई युट्युबमा पनि हेर्न सकिने जानकारी दिदै उनले आफना गितहरु हेरेर र सुनेर माया गरिदिन गितसंगित प्रेमीहरु सवैमा आग्रह समेत गरेकी छिन् । तुलसीपुर ४ गहतेरा जन्म घरभई हाल काठमाडौलाई कर्मथलो बनाउदै आएकी सानुले अन्य थुप्रै लोक दोहोरी गित पनि बजारमा ल्याईसकेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस