प्रावि कौवाघारीमा शुभकामना आदानप्रदान सम्पन्न

साउन ११, २०७५

तुलसीपुर ११ साउन । गुरु पुर्णिमाको अवसरमा दाङको प्रावि कौवाघारीमा योग शिविर तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । योग शिविरका अध्यक्ष रोवर सिं ढकालको अध्यक्षता तथा दंगिशरण गाउपालिकाका उपाध्यक्ष पिमा वलि खड्काको प्रमुख आथित्यमा भएको कर्यक्रमका सहभागिले गुरु र योगको महत्वको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा योग प्रशिक्षक गम्मरसिं खड्का, स्वास्थ्य चौकी गोल्टाकुरीका मोहन शर्मा, प्रावि कौवाघारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम केसि, शिक्षक अभिभावक संघका रमेश विक, पत्रकार महासंघ दाङका केन्द्रिय सभासद देविराम कुसारी लगाएतले बोलेका थिए भने कार्यक्रमको सहजिकरण विष्णु गौतमले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस