अस्पताल र पिडित पक्षका विच भयो सहमति

तुलसीपुर,९ साउन ।
सिटि हस्पीटल तुलसीपुर र पिडित पक्षका विच सहमति भएको छ । सहमति पश्चात पिडितले शव बुझेका छन । दाङको बबई गाउँपालिका वडा नं. ७ चरकमटिया निवासी ३० बर्षीय केवल बस्नेतको उपचारका क्रममा ज्यान गएपछि मृतकका आफन्तीले अस्पतालको लापर्वाहीले ज्यान गएको बताएका थिए ।

हिजो अस्पतालमा तनाव भएपछि आज छलफल भएको थियो । छलफलमा सिटि हस्पिटल तुलसीपुरले ५ लाख रुपैया दिने भएपछि सहमति भएको हो । बस्नेतलाई हिजो टेक्टरले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार
प्रतिक्रिया