देशलाई खेलकुदका रुपमा विकास गरिने: महरा

साउन ०९, २०७५

 

तुलसीपुर,९ साउन ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशलाई नै खेलकुदका रुपमा विकास गरिने बताएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डीमा निर्माणाधिन रंगशालाको सिलन्यास कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । संसारका सबै देशहरुले युवा र खेलकुदलाई विशेष महत्व दिएको भन्दै अव नेपालले पनि महत्व दिनुपर्ने उनले बताएका थिए ।

महराले देशका विभिन्न शहरलाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने योजनाको सुरुवात भैसकेको उनले बताएका थिए । उनले अहिले युग युवा र खेलकुदको भएको समेत बताएका थिए । आगामि मंसीरमा हुने आठौं राष्टिय खेलकुद प्रतियोगिता दाङमा आयोजना हुनु गौरवको कुरा भएको बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै विशिष्ठ अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद सबैको गौरव, स्वास्थ्य र संवृद्धिको प्रतिक बनेको बताएका थिए । उनले खेललाई पर्यटनको रुपमा विकास गरेर नेपालमा संवृद्धि भित्र्याउन आवश्यक रहेकामा जोड दिएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डागीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तुलसीपुर उपहानगरपालीका वडा नम्बर ६ का वडा सदस्य दुजमान भण्डारीले गरेका थिए ।

यसैविच, तुलसीपुर उप महानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गरिएको छ । खेलकुदको क्षेत्रमा नमुना बनाउन तुलसीपुर उप महानगरपालिकालाई स्पोर्ट सिटी घोषणा गरिएको हो ।

राष्ट्रिय युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले स्पोर्ट सीटी घोषणा गर्दै नगरप्रमुख घनश्याम पाण्डेलाई घोषणा प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस