चमेरेगुफामा ५ किलोको घण्टी र त्रिशुल सहयोग

तुलसीपुर , ९ साउन । तुलसीपुर ४ मुल्कोटमा रहेको ऐतिहासीक पर्यटकिय स्थल चमेरेगुफामा पुजाआजा गर्नका लागी एक व्यक्तिले ५ किलो तौल भएको एउटा घण्टी र एक त्रिशुल गुफालाई सहयोग गरेका छन् ।तुलसीपुर ४ मुल्कोट घर भई हाल नेपालगन्जमा बस्दै आएका चन्द्र बहादुर घर्तिले उक्त सामान गुफा हेरालु सिताराम पुनलाई हस्तारन्तरण गरेको गुफा संरक्षण समितिका निवर्तमान सचिव ऋषिराम पुनले जानकारी दिएका छन् ।उनका अनुसार उक्त सामान झन्डै १० हजार रुपैया मुल्य बराबरको रहेको छ । यस्तै केहि दिन अघि रुमा घर्तिले पनि एउटा त्रिशुल उपलब्ध गराएको सचिव पुनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार
प्रतिक्रिया