तुलसीपुरमा नीजि वनको कार्यशाला गोष्ठि

तुलसीपुर, ६ साउन

पारिवारीक नीजि वन महासंघ दाङको आयोजनामा पैरबी योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठि तुलसीपुरमा सम्पन्न भएको छ ।
पारिवारीक नीजि वनको रक्षा, वनमाथि स्थानीय समुदायको अधिकार स्थापीतका बारेमा जानकारी गराउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको थियो ।
सो अवसरमा दाङ जिल्लामा पारिवारीक नीजि वनको अवस्था, यसका सवाल, स्थानीय समुदायको पहुँच, वनको अधिकारका क्षेत्र, यसको रक्षा लगाएतका विषयमा वन अभिायनकर्मी तथा पारिवारीक नीजि वन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी र ग्रिणफाउण्डेसन नेपाल दाङका अध्यक्ष विष्णु केसीले जानकारी गराउनु भएको थियो । पारिवारीक नीजि वन महासंघका अध्यक्ष पदम केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रमको सहजीकरण सविच भिर्माजुन रेग्मीले गर्नुभएको थियो । कार्याशाला गोष्ठिमा दाङका विभिन्न स्थानबाट ३५ जनाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार
प्रतिक्रिया