चौबिस करोडको लगानीमा दाङमा रंगशाला निर्माण को तयारी

 

घोराही, ६ साउन

मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतालाई मध्यनजर गर्दै दाङको बेलझुण्डीमा रंगशाला निर्माण गरिने भएको छ । मंसिर २१ गतेदेखि २८ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि रंगशाला निर्माण गर्न लागीएको हो ।
रंगशाला निर्माणका लागि काठमाडौँमा रहेको दिवा एनए कन्ट्रक्सन जेभीले २४ करोड २४ लाख ४५ हजार दुई सय ९३ रुपैयामा निर्माणको जिम्मा लिएको छ । मंसिर १५ गतेभित्र रंगशाला निर्माणको जिम्मा लिएको दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यष डिल्लीबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

यसैबीच रंगशालाको साउन ९ गते बिहान ८ बजे शिलन्यास गरिने भएको छ । त्यसका लागि सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, राष्ट्रिय खेलकुद समितिका सदस्य सचिब केशब बिष्ट दाङ आउने कार्यक्रम रहेको अध्यक्ष डाँगीले जानकारी दिनुभएको छ ।

यसैबीच रंगशाला निर्माणको शिलन्यास कार्यक्रमलाई सहज बनाउनका लागि जिल्ला खेलकुद बिकास समितिले विभिन्न उपसमिति गठन गरेको छ । अध्यक्ष डाँगीले दिएको जानकारी अनुसार साबित्रा गुरुङको संयोजकत्वमा मञ्च ब्यबस्थापन समिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा रेमन्त राना, बोधीकिरण महरा र टोपेन्द्र थापा रहनुभएको छ ।

यस्तै मीना गुरुङको संयोजकत्वमा अतिथी स्वागत उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा सिता चौधरी रहनुभएको छ । यस्तै उपाध्यक्ष लिलाबहादुर थापाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । सदस्यहरुमा कोषाध्यक्ष कैलास रोका र सदस्य टोपेन्द्र थापालाई चयन गरिएको छ ।

त्यसैगरी कार्यालय सचिब शान्ति स्वमै थापाको संयोजकत्वमा पुजा ब्यबस्थापन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा पद्मा चौधरी, माया रोका र अन्य कर्मचारीलाई सदस्यमा चयन गरिएको छ । रंगशाला उद्घाटन कार्यक्रममा सहभागी हुन सबैमा जिल्ला खेलकुद बिकास समितिले आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार
प्रतिक्रिया