सल्यानका १ सय ५० विद्यालयमा ‘शुन्य’ दरवन्दी

साउन ०६, २०७५

मिना बुढाथोकी , सल्यान ६ साउन ।
सल्यानका डेढ सय विद्यालयमा शून्य दरवन्दी रहेको देखिएको छ । जिल्लाभर रहेका साढे चार सय विद्यालय मध्ये १ सय ५० विद्यालयमा शुन्य दरवन्दी देखिएको हो । शुन्य दरवन्दी रहेका विद्यालयमा प्राथमिक तह (१–३) संचालन भएका ४२ वछा विद्यालय रहेका छन् ।
यसैगरी प्राथमिक विद्यालय (१–५) संचालन भएका ८ वटा विद्यालयमा कुनै पनि दरवन्दी नभएको पाइएको छ ।

आधारभुत तह (१–८) संचालन भएका विद्यालय मध्ये ७४ विद्यालयको (६–८) तह दरवन्दी विहिन रहेको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लिलाधर बवालले बताए । यसैगरी जिल्लामा रहेका २५ माध्यमिकि विद्यालय पनि दरवन्दी विहिन नै चल्दै आएका छन् ।
दरवन्दी विहिन भएका विद्यालयहरु मध्ये कतिपय विद्यालयलाई स्थानिय तह हरुले मर्जको प्रकृयामा लैजाने तयारी गरेका छन् भने कतिपय विद्यालयमा स्थानिय रुपमा नै श्रोत व्यवस्थापन गरिएको ईकाई प्रमुख बबालले बताए ।

कतिपय विद्यालयहरु भने नियमित रुपमा संचालन हुन नसकेपछि कक्षा घटाउन शुरु गरिएको कार्यालयले जनाएको छ । शुन्य दरवन्दी रहेका विद्यालय मध्ये १ सय ६ विद्यालयलाई हालै बसेको जिल्ला शिक्षा समितिको वैठक ले अनुदान रकम वितरण गरेको छ । जिल्लामा रहेका साढे चार सय विद्यालय मध्ये मापदण्डको आधारमा प्रकृया पुगेका १ सय ६ विद्यालयलाई अनुदान रकम वितरण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख बवालले बताए ।

प्राप्त अनुदानबाट विद्यालयले नयाँ शिक्षक भर्ना तथा पठनपाठनमा सहजता ल्याउनको लागी सहज हुने उनले जनाएका छन् ।‘कार्यालयले दिएको अनुदान बाट विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक व्यवस्थापन गर्न सकिने छ, उनले भने ।’ ‘हामीले निश्चित मापदण्ड बनाएर अनुदान वितरण गरेका छौँ बवालले थपे, एउटा विद्यालयमा न्यूनतम एक शिक्षकको व्यवस्थापन हुने गरी रकम छुट्याइएको छ ।’तोकिएको विषय शिक्षक बाहेक अन्यत्र भने यो रकम खर्च गर्न नमिल्ने उनले बताए ।

शिक्षा समितिले शुन्य दरवन्दी भएका प्राथमिक विद्यालय (१–५) संचालन भएका ८ वटा विद्यालयमा १६ लाख ५६ हजार अनुदान वितरण गरेको छ भने आधारभुत विद्यालय (१–८) संचालन भएका ७४ विद्यालयमा १ करोड ८४ लाख, ६९ हजार अनुदान वितरण गरिएको छ । यस्तै २४ वटा माध्यमिक विद्यालय (१–१०) को लागी ९१ लाख २० हजार अनुदान दिइएको प्रमुख बवालले बताए ।
कइकाइ प्रमुख बवालले मापदण्ड बनाएर अनुदान वितरण गर्दा सहज भएको बताए । माण्दण्ड अनुसार कम्तीमा १–५ संचालन भएको हुनुपर्ने, विद्यार्थि संख्या २५ जना भन्दा बढी हुनुपर्ने, कम्तिमा ३ शैक्षिक सत्र संचालन भएको हुनुपर्ने तोकिएको छ ।

यसैगरी विद्यालय व्यवस्थापन समिति गठन भएर काम गरिरहेको, सामाजिक परक्षिण गरेको, विद्यालय सुधार योजना निरन्तर अपडेट गरी लागु गरेको लगायतका मापदण्ड तय गरिएको इकाइ प्रमुख बवालले बताए । यसरी वितरण गर्दा नपाउने विद्यालय पनि सन्तुष्ट छन् उनले भने मापदण्ड अनुसार काम गर्दा दबाव पनि देखिएन । यसैविच ववालले साविकको जिल्ला शिक्षा कार्यालयले थालेका आर्थिक वर्ष ०७४÷०७५ का भौतिक निर्माण तर्फका सत प्रतिशत काम सम्पन्न भएको बताए । भौतिक निर्माण तर्फ संचालन भएका सवै काम सम्पन्न भएर भुक्तानि समेत भैसकेका छन् उनले भने निरन्तर शिक्षाको काम पनि सोचे अनुसार सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस