आँखा स्वास्थ्य वारे छलफल

तुलसीपुर, ५ साउन ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज र तुलसीपुर उपमहानगरपालिका विच आँखा स्वास्थ्य कार्यक्रम वारे छलफल भएको छ । स्थानीय निकायहरु संग अन्धोपन निवारणका लागि सहकार्य परियोजना सञ्चालन गरेको नेपाल नेत्रज्योति संघले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डे संग छलफल गरेको हो ।

सन् २०२० सम्म उपचार विधिवाट हटाउन सक्ने अन्धोपन निवारणका लागि कार्यक्रम अगाडी बढाएको संघले दाङका विभिन्न स्थानीय निकायहरुको सहयोगमा मोतिविन्दुको अप्रेसन गरी दाङलाई मोतिविन्दु रहित जिल्ला बनाउन परियोजना अगाडि बढाएको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताए ।

उनले तुलसीपुर उपमहानगरपालिकाले छुटाएको बजेटबाट यस बर्ष कतिलाई सेवा दिन सकीन्छ र कुन कुन स्थानमा आँखा शिविर गर्ने भन्ने विषयमा छलफल भएको बताए । छलफल कार्यक्रममा राप्ती आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले तुलसीपुर उपमहानगरपालिकामा आँखा स्वास्थ्य र मोतिविन्दुका विरामीहरुको अवस्था पारे जानकारी गराएका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेले नगरलाई मोतिविन्दु रहित नगरगराउने विषयमा आफु सकारात्म रहेका बताए । उनले यस बर्ष मोतिविन्दुको शल्यक्रियाका लागि करिव १५ लाख बजेट विनियोजन गरेको र यस रकमले आँखा अस्पताल र उपमहानगरपालिका विच सहकार्य गरी विभिन्न स्थानमा निशुल्क आँखा शिविरहरु सञ्चालन गर्ने बताए ।

‘उपमहानगरपालिकालाई मोतिविन्दु रहित बनाउन हामीहरु लाग्नेछौं यस बर्ष जति सकीन्छ गरौ, अर्को बर्षपनि कार्यक्रमलाई नियमीत गरौला उनले भने । उनले आँखा जस्तो सम्वेदनसिल क्षेत्रको उपचारका लागि उपमहानगरपालिका सधै सहयोग गर्ने बताए । त्यसैगरी अस्पताल विकाश समितिका अध्यक्ष तथा संघका सभापति कृष्णकुमार गिरीले आफुहरुले प्राविधिक सहयोगका साथै एउटा विरामीका लागि आाफुहरुले ४० प्रतिसत र स्थानीय निकायहरुले ६० प्रतिसत आर्थिक रकम व्यहोर्ने गरी परियोजना तयार पारेको भन्दै सवै स्थानीय निकायहरु संग सहकार्य गरी सेवालाई प्रवाह गर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्का, अस्पतालका चिफ मेडिकल डाइरेक्टर नेत्ररोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवाल, नेत्ररोग विशेषज्ञ डा। सुरेश रसाइली, संघका सदस्य ध्रुव गौतमलगायतले आँखा स्वास्थ्य कार्यक्रम र स्थानीय निकायहरुको सहकार्यकारेको पारेका प्रकाश पारेका थिए । नेपाल नेत्रज्योति संघले आर्थिक बर्ष २०७५/७६मा आँखा स्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न स्थानीय निकाययहरुमा प्रपोजल तयार गरी आँखा स्वास्थ्य कार्यक्रम परियोजना लागु गरेको छ ।

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार
प्रतिक्रिया