हाम्रो बारेमा

थर्कोट मिडिया प्रालि द्वरा संचालित तुलसीपुर खबर डट्कम दर्ता नम्बर ५१७/०७४-७५

देश नयाँ संबिधानको घोषणासँगै संघियतामा गएको छ । केन्द्रमा सिमित अधिकार स्थानीय तहसम्म हस्तान्तरण भएको छ । यो सूचना र प्रबिधिको युग हो । हरेक नागरिक विहान उठेदेखि नै सञ्चारको पहुँचमा रहन्छन् । दिनभर हुने गतिबिधिको जानकारी विहानै लिएर मात्रै मानिसहरु काममा निस्कन्छन् । बेलुकापख दिनभरका घटनाहरुको जानकारी लिने चलन छ ।
कुनै समय थियो, सूचना लिन विहान छापिने पत्रिका र निश्चित समय बज्ने रेडियो तथा प्रशारण हुने टेलिभिजनको भर पर्नुपथ्र्यो । अहिले भने हरेक नागरिक हर सयम सूचना लिन चाहन्छ । यसका लागि अनलाइन नै सबैभन्दा भरपर्दो माध्यम बनेको छ । विकेन्द्रीकरणको सिद्धान्त अनुसार अब हरेक स्थानीय तह अधिकार सम्पन्न भएका छन् । सञ्चार माध्यमहरु पनि विकेन्द्रीत भएर लाग्न जरुरी छ ।
नयाँ संबिधानसँगै प्राप्त अधिकारलाई जनतासम्म पुर्‍याउनु नै हाम्रो मुख्य उद्धेश्य हो । हामी लोककल्याणकारी राज्यमा बिश्वास गर्छौं । विकास र समृद्धि अबको मुख्य एजेण्डा हो । यी कुराहरुलाई मजवुत बनाउँदै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने र स्थानीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ हामी सूचनाको युगमा जोडिएको छौं । समयको यही मागलाई मध्यनजर गरी हामीले अनलाइन सञ्चालनमा ल्याएका छौं । अनलाइन हरेक हातहातमा उपलब्ध हुने सञ्चार माध्यम हो । यो तपाईहरु सबैको अनलाइन हो । तपाईहरुले आफ्नो क्षेत्रमा भएका सबै गतिबिधिहरु हामीलाई दिएर सहयोग गर्न सक्नुहुन्छ । हाम्रा सामग्रीहरु पढेर गहन सुझावहरु दिन हामी सबैलाई अनुरोध गदैछौं ।

प्रकाशित मिति : २०७३ चैत्र १६ गते बुधवार
प्रतिक्रिया