आज डा.केसी पक्षसंग सरकारी वार्ता टोलीले वार्ता गर्ने तयारी

दाङ,४ साउन । प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन काठमाण्डुमा पनिजारी रहेको छ । विहिवार जुम्लाबाट काठमाण्डु लगीएपछि केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राखेका छन् । शुक्रवार सरकारी वार्ता टोलीले केसी पक्षसँग वार्ता गर्ने तयारी गरेको छ । माथेमा आयोगको प्रतिवेदन जस्ताको त्यस्तै पारित गर्न नहुने निष्कर्षमापुगेको सरकारले आफ्नो तर्फबाट पूरा गर्न सकिने मागको सूची केसीपक्षलाई जानकारी गराउने तयारी गरेको छ । वार्ताको समय भने तय भइनसकेको शिक्षामन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार
प्रतिक्रिया