तुलसीपुरका दुई ठूला प्रहरी कार्यालय खारेज

साउन ०३, २०७५

ओपेन्द्र बस्नेत , तुलसीपुर, ३ साउन ।

दाङको तुलसीपुरमा रहेका दुई वटा ठूला प्रहरी कार्यालयहरु खारेजीमा परेका छन् । मुलूक संघिय संरचनामा गएपछि गरिएको प्रहरीको सांगठनिक पुर्नरसंरचना अनुसार अञ्चल सशस्त्र प्रहरी गुल्म राप्ती र साविकको अंचल प्रहरी कार्यालय राप्ती हाल संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुर, खारेजीमा परेका हुन् । खारेजी भएसंगै सशस्त्र प्रहरी गुल्म राप्ती र संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरमा रहेको एक सय ८४ जनशक्ति शसस्त्र प्रहरी गण कोहलपुर बाँकेमामा संमायोजन भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ५ ले जनाएको छ ।

प्रदेश कार्यालयका अनुसार प्रहरी बरिष्ठ उपरिक्षकको नेतृत्वमा संघिय प्रहरी ईकाइमा ६० जना र गुल्ममा प्रहरी निरीक्षको नेतृत्वमा एक सय २५ जनाको टोली थियो । एक सय ८५ जना मध्य प्रहरी बरिष्ठ उपरिक्षक दिलिप कुमार चौंधरी प्रदेश प्रहरीमा गएपछि प्रहरी नायब उपरिक्षकको नेतृत्वमा शसस्त्र प्रहरी गणमा एक सय ८४ जनाको टोली संमायोजन भएको हो । खाली रहेका भवनमा आवश्यकता अनुसार संघिय प्रहरी प्रधान कार्यालयले तोके बमोजिम कार्यालयहरु रहने छन् ।

तुलसीपुरमा रहेको संघिय प्रहरी ईकाई कार्यालय अब रुपन्देहीमा रहने छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा, संघिय प्रहरी इकाई कार्यालय धौलागिरी, संघिय प्रहरी इकाई कार्यालय मेची, महानगरीय ट्राफिक महाशाखा, संघिय प्रहरी इकाई कार्यालय राप्ती ,प्रहरी प्रधान कार्यालयबाट दरबन्दि मिलान गरिएको प्रदेश कार्यालयका प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार, तुलसीपुर स्थित प्रदेश प्रहरी कार्यालयमा अब देखि प्रहरी नायब महानिरक्षक एक, प्रहरी बरिठ उपरिक्षक एक, प्रहरी उपरिक्षक एक, प्रहरी नायब उपरिक्षक ४ , प्रहरी निरीक्षक १०, प्रहरी नायब निरिक्षक २६, प्रहरी साहयक निरिक्षक ३०, प्रहरी हवलदार ४०, प्रहरी जवान एक सय १७, प्रहरी कार्यालय सहयोगी ६ सहित २ सय ३६ जनाको दरबन्दि कायम गरिएको छ ।

प्रदेश ५ मा नयाँ निकासा हुने कार्यालयमा नेपालगञ्जमा विपत व्यवस्थापन कार्यालय, तथा रुपन्देही र पाल्पामा ख श्रेणीका इलाका प्रहरी कार्यालय रहनेछन् । २७ जेठ २०७५ मा बसेको मन्त्रीपरिषदो बैठकले नेपाल प्रहरीको विद्यमान संगठन संरचनालाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जस अनुसार साविका ठाउँमा रहेका संघिय प्रहरी ईकाई कार्यालयहरुलाई खारेज गरि मेचीमा रहेकोलाई धरान, सगरमाथामा रहेकालाई जनकपुर, नारायणीको काभ्रे, धौलागिरीको पोखरा, राप्ती तुलसीपुरको रुपन्देही, कर्णालीको नेपालगंञ्ज (पछि सुर्खेत) र महाकालीको धनगढीमा राखीने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस