तुलसीपुरका गुरुङले किन गरे सुसाईट ?

साउन ०१, २०७५

तुलसीपुर १ साउन

तुलसीपुरमा एक व्यक्तीले झुण्डिएर आत्म हत्या गरेका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरापलिका ५ निवासी ४५ बर्षका पदम गुरुङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । राती घरबाट निस्केका गुरुङ्ग अबेर राति सम्म नआए पछि खोज्ने क्रममा नजिकै रहेको ज्ञानज्योति प्राथामिक विद्यालयको प्राङ्गनमा रहेको बुकाईनाको रुखमा झुण्डिएको अवस्थामा करिब पौने २ बजे फेला परेको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमार्टमका लागि राप्ती अंचल अस्पतालमा राखीएको छ ।।

प्रतिक्रिया दिनुहोस