विद्यार्थि कुटपिट गरेको छैन : चन्द

तुलसीपुर , ३२ असार ।
हिल साइड टेक्निकल कलेजका संस्थापक एकराज चन्दले विद्यार्थी कुटपिट गरेको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन । उनले आफुमाथि लगाएको आरोप सत्य नभएको बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गरी विद्यार्थीलाई आफुले सम्झाईबुझाई गरेको तर कुटपिट नगरेको जनाएका छन ।

असार २९ गते विद्यार्थि झुपलाल वलिले आफुमाथि कुटपिट गरेको भनेर आईतवार तुलसीपुर खवरमा समाचार प्रकाशित भएको प्रति मेरो ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । विद्यार्थीहरु अनाश्यक रुपमा घुमफिर गर्दा कलेजले ध्यान नदिएको गुनासो अभिभावकबाट आएपछि मैले केहि विद्यार्थीहरुलाई कार्यकक्षमा बोलाई सोधपुछ तथा सम्झाईबुझाई गरेको हु, त्यसमा अभिभावकहरुले समेत सामान्य कुरा भएको बताउनु भएको होे, विज्ञप्तीमा उल्लेख छ ।

यस्तै उनले कुनै विद्यार्थी संगठन विच छलफल नभएको र माफी पनि नमागेको विज्ञप्ती माफर्त उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार
प्रतिक्रिया