राप्ती विद्यामन्दीरको अभिमुखिकरण कार्यक्रम

असार ३१, २०७५

तुलसीपुर,३१ असार ।

तुलसीपुरमा रहेको राप्ती विद्यामन्दीर माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थिहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । गुिठयार प्रमुख निर्मला डागीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षाको लागि विद्यालय तत्पर रहेको बताएका थिए । विद्यार्थिहरुमा कितावि ज्ञान मात्रै नभएर ब्यावहारीक ज्ञान दिईने उनीहरुले बताएका थिए ।

कार्यक्रममा शिक्षकहरु देवराज गौतम,जगदिश थापा,चिन्तामणि पोखरेल ,नेत्रमणि न्यौपाने,चुर्ण बहादुर केसी,पुर्व विद्यार्थि निरज शर्मा लगायतले बोलेका थिए । विद्यालयका लेखापाल लिलाराज न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्लस टु संयोजक चन्द्रमान खड्काले गरेका थिए । कार्यक्रममा ७८ जना विद्यार्थिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस