वैज्ञानीक वन व्यवस्थापन प्रभावकारी बन्दै

तुलसीपुर,३१ असार ।
जिल्ला सामुदायीक र राष्ट्रिय वनहरुमा शुरु भएको वैज्ञानीक वन व्यवस्थापन, प्रभावकारी बन्दै गएको छ । जिल्लाका सामुदायीक वन र राष्ट्रिय गरेर १२ वटा वनमा वैज्ञानीक व्यवस्थापन सुरु भएको छ । सरकारले दिगो वन व्यवस्थापनका लागी वैज्ञानीक वन व्यवस्थापनको कामलाई प्राथमीकतामा राखेको छ ।

वन क्षेत्रको विकास र दिगो वन व्यवस्थापनका लागी वैज्ञानीक वन व्यवस्थापनको काममा सरकारले प्राथमिकतामा राखेको र सो अनुसार जिल्लामा काम भएको जिल्ला वन कार्यालयका प्रमुख जगदीशप्रसाद गुप्ताले जानकारी दिएका छन् ।सरकारले वन क्षेत्रको उपयोगीता र यसको संरक्षणबारे जानकारी गराउन वैज्ञानीक बन व्यवस्थापन शसरु गरेको पनि उनले बताएका छन् ।

वनपैदावार उत्पादनको दृष्टीकोणले दाङ देशकै रामे जिल्लामा पर्ने गरेको उनको भनाई छ । जिल्लको ६६ प्रतीसत भुभाग वन क्षेत्रमा रहेको छ । २ लाख ९५ हजार ५ सय हेक्टर क्षेत्रफल रहेको जिल्लामा २ लाख ७ सय हेक्टर क्षेत्रफल वनले ढाकेको छ । १ लाख ६ हजार २ सय ४० वनको समुदायले व्यवस्थापन गरेका छन् । दाङमा ५ सय २४ वटा सामुदायीक वनहरु रहेका छन् ।

प्रकाशित मिति : २०७५ असार ३१ गते आइतवार
प्रतिक्रिया