डा. केसीको स्वास्थ्य अवस्था झनै जटिल

असार ३१, २०७५

तुलसीपुर,३१ असार ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् । शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए ।

‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’ यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ । संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस