श्रीमतीको हत्या गर्ने दाङमा पक्राउ

असार ३०, २०७५

तुलसीपुर, ३० दाङ

   कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँ बस्ने ४५ वर्षीय ऋषिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले शनिबार आफ्नै ३६ वर्षीया श्रीमती सरिता चौधरीलाई घरको कोठामा बाँसको लाठीले कुटपिट गरी हत्या गरेका  थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस