एसईईमा उतिर्ण विद्यार्थिलाई बधाई तथा विदाई

तुलसीपुर,२९ असार ।

तुलसीपुर ११ जसपुरमा रहेको चन्द्रोदय विद्याकुञ्ज बोर्डिङ स्कुलले बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी एसईईमा उतिर्ण हुने विद्यार्थिहरुलाई बधाई दिदै विदाई गरेको हो । स्कुलका प्रिन्सीपल द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उप महानगरपालीकाकी उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले गुणस्तरीय शिक्षामा जोड दिएकि थिईन ।

गुणस्तरीय शिक्षा नै अवको आवस्यकता भएकोले यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो । यसका लागि शिक्षामा विद्यार्थि,अभिभावक र शिक्षकले लगानि गर्नुपर्ने उनको भनाई थियो । कितावि ज्ञानले मात्रै विद्यार्थि अपुरो हुने भएकोले अनुसाशित तथा ब्यावहारीक हुन विद्यार्थिहरुलाई आग्रह गरेकि थिईन । शिक्षक हस्त

बहादुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा समाजसेवि शोभाराम बस्नेत, सञ्चालक समिति अध्यक्ष वलदेव आचार्य, शिक्षक सञ्जीव डागी लगायतले बोलेका थिए । सो अवसरमा विद्यार्थिहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको सहजिकरण भाईस प्रिन्सीपल हरी प्रसाद वलीले गरेका थिए ।।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार
प्रतिक्रिया